काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदीको प्रतितोला ५ रूपैयाँले बढेको छ।
आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार दुईसय रूपैयाँ तोकिएको छ।
गएको शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।
चाँदी आज प्रतितोला दुई हजार तीनसय ३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।