बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

शुक्रबार, साउन २३ २०८२
नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

नाइमा एक्स्पोमा प्रस्तुत यो ईभीमा ८२.८८ कलोवाट आवरको लिथियम ब्याट्री रहेको छ जसले लामो दुरीको यात्रा गर्न सहजता दिलाउने छ।

काठमाडौं- नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रालि शंकर समूहअन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारीसाधन (ईभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले फरिजोन, चेरी वान्डा र किङलङजस्ता चिनियाँ ब्रान्डहरूमार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक ईभीहरु नेपाली बजारमा ल्याएको छ।

११ सिटर भ्यान फरिजोन जीली समूहअन्तर्गतको ब्रान्ड हो जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ। नाइमा एक्स्पोमा प्रस्तुत यो ईभीमा ८२.८८ कलोवाट आवरको लिथियम ब्याट्री रहेको छ जसले लामो दुरीको यात्रा गर्न सहजता दिलाउने छ।

१७० किलोवाट इलेक्ट्रिक मोटर रहेको यसमा नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता छ।

यूरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित यो ईभी भ्यानमा डिस्क ब्रेक, एयरब्याग, एबीएस, ईबीडी, ३६० डिग्री क्यामेरा, एडीएस, एभीएसलगायत उन्नत सुरक्षा विशेषताहरु छन्।

ब्याट्री वारेन्टी ४ वर्ष वा ७ लाख किलोमिटर रहेको छ भने मोटर वारेन्टी ५ वर्ष वा २ लाख किलोमिटर रहेको यस भ्यानको सुरुवाती मूल्य ७६ लाख ९० हजार रूपैयाँ रहेको छ। 

यस्तै, चेरी वान्डा १४ सिटर ईभी माइक्रोबस पनि सहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो। सीएटीएल ५३.५८ किलोवाट आवर ब्याट्री रहेको यसको ग्राउन्ड क्लेयरन्स १८० मीमी रहेको छ। ब्याट्री वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर र मोटर वारन्टी ५ वर्ष वा २ लाख किलोमिटर रहेको यस माइक्रोबसको सुरुवाती मूल्य ५६.५ लाख रूपैयाँ रहेको छ।

नाइमा मोबिलिटी एक्स्पो २०२५ मा जगदम्बा मोटर्सको स्टल डी-१६, हल डीमा रहेको छ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend