बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

शुक्रबार, साउन २३ २०८२
माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ।

काठमाडौं- विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर (केजे५००जी-एफ११ र केजे४००जी-जेड१ प्रो) नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ।

यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्यांकन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने गर्छ।

यसमा घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धीकरण प्रणाली छ भने नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता पनि रहेको कम्पनीको भनाइ छ।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend