शुक्रबार, साउन २३ गते २०८२    
शुक्रबार, साउन २३ २०८२
images
images

सिद्धार्थ हस्पिटालिटीसँग डिशहोमको साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

images
शुक्रबार, साउन २३ २०८२
images
images
सिद्धार्थ हस्पिटालिटीसँग डिशहोमको साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

सम्झौतासँगै सिद्धार्थ हस्पिटालिटीका होटल तथा रिसोर्टमा आवासमा २० प्रतिशत र फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट मिल्नेछ।

images
images

काठमाडौं- डिशहोमले नेपालको सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ।

images

यस साझेदारीअन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका देशका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्।

images
images

'सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौँ,' डिशहोमका सीईओ तारा मानन्धरले भने।

images
images
images

डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन्।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend