बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

कीर्तिमानी मूल्यमा सुन, तोलाकै एक लाख ९९ हजार चारसय रूपैयाँ कायम

शुक्रबार, साउन २३ २०८२
कीर्तिमानी मूल्यमा सुन, तोलाकै एक लाख ९९ हजार चारसय रूपैयाँ कायम

शुक्रबार प्रतितोला एक हजार रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो।

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा तोलाकै एक लाख ९९ हजार चारसय रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

शुक्रबार प्रतितोला एक हजार रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो।

यो साता मंगलबार सुन उच्च मूल्य प्रतितोला एक लाख ९८ हजार ५ सय रूपैयाँ पुग्दै रेकर्ड कायम भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

बिहीबार प्रतितोला दुई हजार ३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला दुई हजार ३ सय २५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend