बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

ओमोडा ई फाइभको आकर्षक नगद छुटको अफर

बिहीबार , साउन २२ २०८२
ओमोडा ई फाइभको आकर्षक नगद छुटको अफर

ओमोडा ई फाइभ क्रसओभर एसयूभी हो। नेपालमा उपलब्ध ई फाइभमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ।

काठमाडौं- ओमोडा तथा जेयकोको नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ओमोडा ई फाइभमा आकर्षक अफर ल्याएको छ। एसपीजीले भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्सपोमा ओमोडा ई फाइभमा ७ लाख रूपैयाँ छुटको अफर ल्याएको हो। 

कम्पनी यसअघि ६१ लाख ९९ हजार रूपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको ई फाइभको नयाँ मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेर बिक्री गरिरहेको छ। 

कम्पनीले भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पोमा विशेष मूल्य सार्वजनिक गरेको जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा घट्दो ब्याट्रीको मूल्य, ठूलो संख्यामा उत्पादन हुँदा घटेको उत्पादन लागतलगायत कारणले प्राप्त घटेको मूल्य उपभोक्तालाई पासअन गरेको बताएको छ।  

आयातमै केही मूल्य घटेसँग गाडीको मूल्य समायोजन गरेर उपभोक्तालाई त्यो पासअन गरिएको कम्पनीको भनाइ छ। ओमोडा ई फाइभ क्रसओभर एसयूभी हो। नेपालमा उपलब्ध ई फाइभमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ। 

यसले एक पटकको फुल चार्जमा ४ सय २० किलोमिटरसम्म रेन्ज दिन्छ। यो रेन्ज नेपाली सडक गुडाउँदा उपभोक्ताले पाइरहेका छन्।

ओमोडा ई फाइभले ११ किलोवाटसम्मको एसी चार्जर र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ। यदि गाडीमा ३० प्रतिशत चार्ज छ र ८० प्रतिशत गर्नुपर्छ भने २८ मिनेटमै उक्त चार्ज गर्न सकिनेछ। 

ओमोडाले यसमा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर दिएको छ। सुरक्षाको लागि एडाससहितको सेफ्टी विशेषता उपलब्ध यो एसयूभीमा १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। 


प्रकाशित : बिहीबार , साउन २२ २०८२१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend