बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

images
बिहीबार , साउन २२ २०८२
images
images
समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन्।

images

अर्थ मन्त्रालयमा आज भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए।

images
images

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब २८ अर्ब रूपैयाँ गैरकर संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो।

images
images
images

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ। बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २२ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend