बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

जनकपुर विमानस्थलमा बढ्दो चरा गतिविधि : दैनिक उडान प्रभावित, जहाजका प्रोपेलरमा क्षति

images
बिहीबार , साउन २२ २०८२
images
images
जनकपुर विमानस्थलमा बढ्दो चरा गतिविधि : दैनिक उडान प्रभावित, जहाजका प्रोपेलरमा क्षति
सांकेतिक तस्बिर।
images
images

जनकपुर- जनकपुर विमानस्थलमा पछिल्ला केही सातायता चरा र वन्यजन्तुको अत्यधिक गतिविधिका कारण नियमित हवाई उडान प्रभावित हुन थालेका छन्। प्राविधिक कारणले नभइ ससाना चरा ठोक्किँदा जहाज ग्राउण्डेड हुनुपरिरहेको छ।

images

पछिल्ला आठ घटनामध्ये आधाभन्दा बढी रात्रिकालीन उडानका क्रममा भएका छन्। अगस्ट ५ र ६ मा दुईदिन लगातार जहाजको बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किँदा क्षति भएको छ। यस्तै जुलाई ३० मा पनि अवतरणका क्रममा चरा ठोक्किँदा उडान रद्द गर्नुपरेको थियो।

images
images

केही हप्तायता लगभग दैनिकजसो जहाजहरू ग्राउण्डेड भइरहेका छन्। विमानस्थलभित्र झाडी, लामो घाँस र सरसफाइ अभावले चराचुरुङ्गी तथा किरा आकर्षित हुँदा उडान र अवतरण जोखिमपूर्ण बन्न पुगेको विज्ञहरूको भनाइ छ। वर्षायाममा झन् कीरा बढी हुने र त्यसमा चरा आकर्षित हुने क्रम बाक्लिएको छ।

images
images
images
tia  1.jpeg

विमानस्थलमा चरासँगै स्याल र चितुवा देखिने भिडियोहरू पनि सार्वजनिक भइरहेका छन्। जुलाई ५ मा जहाजसँग स्याल ठोक्किएको थियो भने जुलाई २३ मा रनवेमा स्याल देखिएपछि जहाज काठमाडौंबाट फर्कनुपरेको थियो।

चरा ठोक्किएपछि जहाजको सम्पूर्ण परीक्षण गरी मर्मत गर्नुपर्छ। यसले उडान तालिका प्रभावित पार्नुका साथै यात्रुहरूलाई सास्ती भएको छ। प्राविधिक परीक्षण तथा मर्मतका लागि समय लाग्दा उडान रद्द वा विलम्व हुन पुगेका छन्। यस्तो अवस्थामा विमान कम्पनीको आर्थिक व्ययभार पनि बढिरहेको छ।

बुद्ध एयरले चराको गतिविधि तथा अन्य जनावरजन्य अवरोध रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तत्परता जनाएको छ। कम्पनीले विमानस्थल वरपर सडेगलेका खाद्यपदार्थ र सिनो नफाल्न जनचेतनामूलक अभियान आवश्यक रहेको बताएको छ।

विमानस्थलको सुरक्षा व्यवस्थामा चराको गतिविधिलाई सामान्य समस्या ठानी बेवास्ता गर्दा ठूलो दुर्घटनाको जोखिम बढेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। समयमै नियन्त्रण तथा व्यवस्थापन नगरे विमानस्थल उच्च जोखिममा पर्न सक्ने खतरा बढेको छ।


प्रकाशित : बिहीबार , साउन २२ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend