बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य स्थिर, चाँदीको निरन्तर वृद्धि

बिहीबार , साउन २२ २०८२
सुनको मूल्य स्थिर, चाँदीको निरन्तर वृद्धि

बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ।

नेपाली बजारमा बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चारसय रूपैयाँ तोकिएको छ। यो साता बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यो साता निरन्तर उकालो लागिरहेको चाँदीको मूल्य बिहीबार पनि प्रतितोला १० रूपैयाँले बढेको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३ सय १५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार तीनसय ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , साउन २२ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend