बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

पर्सामा दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

images
बिहीबार , साउन २२ २०८२
images
images
पर्सामा दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

विगत १५ वर्षदेखि चन्दा संकलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन।

images
images

पर्सा- यहाँको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ।

images

विगत १५ वर्षदेखि चन्दा संकलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन।

images
images

दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए।

images
images
images

‘हामीले चन्दा संकलन गरेर जेनतेन धर्मशालामा  दुई तले ढलान गरेका छौँ’, उनले भने, ‘धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ।’ राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उनको भनाइ छ।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेल हालसम्म चन्दा संकलन गरेरै धर्मशाला निर्माणमा करिब एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च भएको बताउँछन्। साथै धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग नपाएको उनको भनाइ छ।

‘पर्सामा केही समयअघिसम्म संघीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन’ समितिका अध्यक्ष पटेलले भने। धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब दुई करोड लाग्ने उनकाे अनुमान छ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जंगलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ। मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ। यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन्।

मन्दीर राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जंगली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ। बिहान ६ बजेपछि मात्रै सडक खुलाउने गरिन्छ। अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ। रासस


प्रकाशित : बिहीबार , साउन २२ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend