बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

म्याक्ससको मिफा सेभेनमा विशेष अफरसहित बिक्री सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २१ २०८२
म्याक्ससको मिफा सेभेनमा विशेष अफरसहित बिक्री सुरु

७ सिटर मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ईटेरानो नाइन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- आजदेखि भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्सस मिफा सेभेन एमपीभी विद्युतीय कार सार्वजनिक गरेको छ। 

चाइनाको प्रख्यात एसएआईसी मोटर अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ। केही समयअघि म्याक्ससकै ईटेरानो नाइभ विद्युतीय लक्जरी पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो। 

सात सिट क्षमताको यो लक्जरी एमपीभीलाईको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्रान्डका सवारी साधनहरू आयात तथा बिक्री गर्दै आइरहेको छ। यो मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ।

साथै यो अटो एक्सपो भरी मिफा सेभेन बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र ईटेरानो नाइन पिकअप बुक गर्नेलाई ५ लाख नगद छुटलगायत अन्य विशेष अफरहरू रहेको अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए। ७ सिटर मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ईटेरानो नाइन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफाले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–किप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले युरो एनसीएपी लगायतमा ५ स्टार रेटिङ पाएको छ। यस गाडीको ९० केडब्लूएचको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको उच्चतम दूरीतय गर्ने क्षमता राख्दछ। 

प्रिमियम डुयल १२।३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई(परफर्मेन्स १ सय ८० केडब्लू मोटर, मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो मिफा इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ(टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो।


प्रकाशित : बुधबार, साउन २१ २०८२१९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend