बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

बुधबार, साउन २१ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

सुविधा उपभोगका लागि ग्राहकहरुले डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट मिल्ने भएको छ।

बैंक र रिसोर्टबीच छुट उपलब्ध गराउनेगरी सम्झौता भएको हो। यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सुविधा उपभोगका लागि ग्राहकहरुले डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित : बुधबार, साउन २१ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend