बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा ‘निसान फेस्टिभ डिल’ : ६ लाख ८० हजार डाउनपेमेन्टमै निसान म्याग्नाइट

बुधबार, साउन २१ २०८२
'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा ‘निसान फेस्टिभ डिल’ : ६ लाख ८० हजार डाउनपेमेन्टमै निसान म्याग्नाइट

यस योजनाअन्तर्गत कम्पनीले अल न्यू निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याएको छ।

काठमाडौं- नेपालका लागि निसान सवारीसाधनहरूको आधिकारिक वितरक पायोनियर मोटोकर्पले 'नाइमा मोबिलिटी एक्स्पो २०२५' को अवसर पारेर ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत कम्पनीले अल न्यू निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याएको छ।

आजदेखि साउन २५ गतेसम्म चल्ने नाइमा मोबिलिटी एक्स्पो र आगामी चाडपर्वलाई ध्यानमा राखी उक्त अफर ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले बताए। यो अफर एक्स्पोपश्चात् चाडपर्वको सम्पूर्ण अवधिभर जारी रहने उनले जानकारी दिए।

‘निसान फेस्टिभ डिल’ योजनाअन्तर्गत, निसान म्याग्नाइट बुक गर्ने ग्राहकहरूले आकर्षक नगद छुट, नाइमा एक्स्पो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बीमाको सुविधा प्राप्त गर्नेछन्।

यस्तै, निःशुल्क रोड कर र डाउनपेमेन्ट मात्र ६ लाख ८० हजार रूपैयाँमा निसान म्याग्नाइट खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।

ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केही सर्तहरूसहित लागु हुने कम्पनीको भनाइ छ।

यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम २० लाख १५ हजार रूपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्छन् र निसान उर्वानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend