बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

जीकर एक्समा नाइमा अफर : १५ लाख नगद छुट

बुधबार, साउन २१ २०८२
जीकर एक्समा नाइमा अफर : १५ लाख नगद छुट

चिनियाँ अटोमोबाइल ग्रुप जिलीको प्रिमियम ब्राण्ड जिकर एक वर्षअगाडि अटो शोमार्फत नै नेपालमा प्रवेश गरेको थियो।

काठमाडौं- जीकरको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जीकर एक्सको मूल्य घटाएको छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि नयाँ अपर ल्याएको हो। 

बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोमा पायोनियरले सुरुमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री थालेको जीकर एक्सको नयाँ मूल्य ६९ लाख ९९ हजार रूपैयाँ घोषणा गरेको छ। 

कम्पनीले यसअघि पनि एकै पटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरी ५ लाख रूपैयाँले मूल्य घटाएको हो। चिनियाँ अटोमोबाइल ग्रुप जिलीको प्रिमियम ब्राण्ड जिकर एक वर्षअगाडि अटो शोमार्फत नै नेपालमा प्रवेश गरेको थियो।

जीकर एक्स निकै पावरफुल २ सय किलोवाटको पिकपावर मोटर र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध विद्युतीय कार हो। डब्लूएलटीपीले ४ सय ४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ। डीसी चार्जर भने १ सय ५० किलोवाटसम्म सपोर्ट गर्छ।

जीकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ। एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग पानारोमिक शनरुफलगायत विशेषताले यसलाई आधुनिक बनाएको छ।

जीकर एक्समा यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यो कारको विशेषता हो। 


प्रकाशित : बुधबार, साउन २१ २०८२१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend