बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

हुन्डाई नेपालद्वारा 'हुन्डाई औसम अगस्ट' योजना घोषणा

बुधबार, साउन २१ २०८२
हुन्डाई नेपालद्वारा 'हुन्डाई औसम अगस्ट' योजना घोषणा

यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रूपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्।

काठमाडौं- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई औसम अगस्ट' योजना सुरु गरेको छ।

यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्। २०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर एल फोर रहेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रूपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।

'हुन्डाई औसम अगस्ट' योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्।

यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

आफ्नो ग्राण्ड आईटेन निओस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आईस एण्ड आयोनिक फाइभ जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको हुन्डाईले जनाएको छ।

यस अभियानले ग्राहकहरूलाई आकर्षक अफरहरू मात्र नभइ यात्रा र उत्साहको अवसर पनि प्रदान गर्ने कम्पनीको भनाइ छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend