बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सामान्य घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बुधबार, साउन २१ २०८२
सामान्य घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने घटेको छ।

बुधबार सुनको मूल्य तोलामा एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९८ हजार चारसय रूपैयाँ कायम छ।

यो साता मंगलबार सुन कीर्तिमानी मूल्य प्रतितोला एक लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार तोलामा २५ रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार पनि प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय ५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार चाँदी प्रतितोला दुई हजार दुईसय ८० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन २१ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend