बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

केई नेपालको बबाल अफर, एक्सथ्री प्रो किन्नेलाई आकर्षक छुट

मंगलबार, साउन २० २०८२
केई नेपालको बबाल अफर, एक्सथ्री प्रो किन्नेलाई आकर्षक छुट

१ सय ८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको एक्सथ्री प्रोमा ३६० लिटरको बुट स्पेस रहेको छ। १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्सलाई दरिलो बनाएको छ।

काठमाडौं- केई नेपालले आफ्ना सवारीको खरिदमा नयाँ अफर ल्याएको छ। केईले आफ्नो एसयूभी एक्सथ्री प्रोमा सिधै ९ लाख नगद छुट दिने योजना सार्वजनिक गरेको हो। 

कम्पनीले भोलिदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा ‘एक्सथ्री प्रो’ किन्नेलाई ९ लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो। अहिले केई एक्सथ्री प्रो मोडलको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेकोमा ९ लाख रुपैयाँ छुट दिएर ३९ लाख ९६ हजारमै बिक्री गर्ने अफर ल्याएको छ। एसयूभी खोज्नेको लागि यो सबैभन्दा कम मूल्यको एसयूभी बनेको छ। 

केई नेपालले उक्त योजना सीमित अवधिको लागि भनेर ल्याएको छ। यसले उपभोक्ताका लागि राम्रो लाभ दिनेछ।  

केई एक्सथ्री प्रोको लम्बाई ४४ सय ४३ एमएम, चौडाई १८ सय ३१ एमएम र उचाई १६ सय ४६ एमएम रहेको छ। कम्प्याक्ट एसयूभीको साइजमा उपलब्ध एक्सथ्री प्रोमा २६ सय ३२ एमएमको ह्वीलवेस छ। 

१ सय ८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको एक्सथ्री प्रोमा ३६० लिटरको बुट स्पेस रहेको छ। १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्सलाई दरिलो बनाएको छ। 

कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। यो कारले एक पटकको फुल चार्जमा ३ सय ३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। कम्पनीले यसमा ९९ किलोवाटको मोटर दिएको छ भने पिक टर्क २ सय ८० एनएम रहेको छ। 

एक्सथ्री प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २।५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जरलगायत विशेषता रहेका छन्। 


प्रकाशित : मंगलबार, साउन २० २०८२१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend