बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

डिशहोमले सार्वजनिक गर्‍यो भर्चुअल प्रिभिलेज कार्ड, के-के छन् सुविधा?

मंगलबार, साउन २० २०८२
डिशहोमले सार्वजनिक गर्‍यो भर्चुअल प्रिभिलेज कार्ड, के-के छन् सुविधा?

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

काठमाडौं- डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने डिशहोमले जनाएको छ।

अब 'माइ डिशहोम एप' मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन्।

बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सबै आउटलेट, सिद्धार्थ हस्पिटालिटी ग्रुप, होटल ले हिमालय काठमाडौं, लेक साइड रिट्रिट पोखरा, इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स मौलाकाली, मेलुङ थकालीका सबै आउटलेट, साकी एण्ड फेङ रेस्टुरेन्ट काठमाडौं, लुम्बिनी केबलकार बुटवल, मौलाकाली केबलकार चितवन, अचार घर कुपन्डोलमा यो सुविधा मिल्नेछ।

'भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,' डिशहोमका सीईओ तारा मानन्धरले बताए।

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिने कम्पनीको भनाइ छ।

सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम डाउनलोड गरी प्रयोग गरेर साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, साउन २० २०८२१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend