बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट

मंगलबार, साउन २० २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट

यो सम्झौतासँगै फ्रन्टलाइन हस्पिटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा एनआईसी एसिया बैंकका ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट मिल्ने भएको छ।

बैंक र हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै काठमाडौंको बानेश्वरमा रहेको उक्त हस्पिटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचारमा सहयोग पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : मंगलबार, साउन २० २०८२१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend