बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्यमा रेकर्ड, तोलाकै एक लाख ९८ हजार ५ सय रूपैयाँ पुग्यो

मंगलबार, साउन २० २०८२
सुनको मूल्यमा रेकर्ड, तोलाकै एक लाख ९८ हजार ५ सय रूपैयाँ पुग्यो

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५ सय रूपैयाँ कायम हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५ सय रूपैयाँ कायम हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

यसअघि सुनको उच्च मूल्य एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको थियो। 

यो साता आइतबार तीन हजार चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँ कायम भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ८० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता सोमबार चाँदी प्रतितोला दुई हजार दुईसय ५५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, साउन २० २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend