बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

सोमबार, साउन १९ २०८२
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

सोमबार सुनको मूल्य प्रतितोला एकसय र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ।

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला एकसय र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ।

आइतबार प्रतितोला एक लाख ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य आजका लागि प्रतितोला दुई हजार दुईसय ५५ रूपैयाँ तोकिएको छ।

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार दुईसय ५० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, साउन १९ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend