आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर

images
आइतबार, साउन १८ २०८२
images
images
पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर

पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको स्थानीय बताउँछन्।

images
images

जुम्ला- जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो।

images

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुन्दै गएका स्थानीय बताउँछन्।

images
images

यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउने भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतले बताए। स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ।

images
images
images

'यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ। यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ। सदरमुकाम खलंगाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ', उनले भने।

घना जंगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर। अहिले विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ। शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरिन्। फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।

'पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भइ स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो', उनले भनिन्।


प्रकाशित : आइतबार, साउन १८ २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend