बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला तीन हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, साउन १८ २०८२
प्रतितोला तीन हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य पनि गत शुक्रबारको तुलनामा यो साता आइतबार प्रतितोला १५ रूपैयाँले बढेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार चारसय रूपैयाँले वृद्धि भएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला एक लाख ९६ हजार पाँचसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि गत शुक्रबारको तुलनामा यो साता आइतबार प्रतितोला १५ रूपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार दुईसय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार चाँदी प्रतितोला दुई हजार दुईसय ३५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, साउन १८ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend