बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

'हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

शुक्रबार, साउन १६ २०८२
'हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।

काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा गर्दै उपहार हस्तान्तरण गरेको छ। अफरको पुरस्कार हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको हो।

'फेस्टिभ डिलाइट २०८१’ अफर दशैँ र तिहारको अवसरमा सुरु गरिएको थियोl यो अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो। जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रूपैयाँसम्मको स्क्रयाच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेन्सिव बीमा र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसलगायतका विविध लाभहरू प्रदान गरेको थियो।

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend