काठमाडौं- व्यवसाय विस्तारमा आक्रामक भारतीय व्यवसायिक घराना टाटा समूहले इटालियन सवारी ब्रान्ड किन्ने भएको छ।
युरोपको प्रतिष्ठित कमर्सियल सवारी ब्रान्ड हो इभेको। इटालीको यो ब्रान्ड टाटा मोटर्सले ४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरेर किन्ने भएको हो।
टाटा समूहले विदेशी कम्पनी किन्न खर्चिएकोमध्ये इभेको किन्न खर्चिएको यो रकम दोस्रो धेरै पनि हो। २००८ मा टाटा मोटर्सले अमेरिकी कम्पनी फोर्डको स्वामित्वमा हरेको बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) २ अर्ब ३० करोड डलरमा खरिद गरेको थियो।
टाटा समूहले २००७ मा कोरस ब्रान्ड किन्न १२ अर्ब डलर खर्चिएको थियो। यो डिल टाटा स्टिलले गरेको थियो। यसअघि टाटा समूहले आधा दर्जन विदेशी कम्पनी किनेर त्यसको स्वामित्व आफ्नो मातहतमा ल्याइसकेको छ। भारतमा कमर्सियल ट्रक बिक्री गर्न आएको इभेकोसँग टाटा मोटर्सले विगतमा सहकार्य गरेको थियो।
टाटा मोटर्सको र इभेकोका बोर्ड सदस्यहरुको बैठकले दुई कम्पनीबीचको खरिदबिक्री सम्झौता स्वीकार गर्ने निर्णय गरेको छ। दुवै समूहले यो विषयलाई सार्वजनिक नगरेपनि गएको बुधबार उक्त सम्झौता टुंगो लागेको हो। मंगलबार इभेकोले उक्त विषय छलफलमा रहेको बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। इभेकोले प्रतिरक्षा व्यापार र बाँकी व्यापार अलग गरेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको बताएको हो।
‘इभेको र टाटा मोटर्सका बोर्ड सदस्यहरुले इभेकोको चनाखो पूर्वक अध्ययन र मूल्यांकन गरेर सम्भावित हस्तान्तरणका लागि सहज बनाउँदै छन्,’ इभेकोले विज्ञाप्तिमा भनेको छ। यसबारेमा थप विवरण भने खुलाइएको छैन।
इभेकोले प्रतिरक्षा प्यापारलाई भने अलग्गै राख्ने छ जुन टाटा मोटर्सलाई हुने हस्तान्तणमा समावेश नहुने जनाएको छ। टाटा मोटर्सले पनि प्रतिरक्षा व्यापारबाहेक शतप्रतिशत हिस्सेदारी खरिद गर्ने विश्वास दिलाएको छ।
इभेकोले प्रतिरक्षा व्यापार पनि बिक्री गर्ने घोषणा यसअघि नै गरिरहेको र त्यसका लागि राम्रो अफरसमेत आइसकेको जनाएको छ। बिक्रीको हल्ला बाहिरिएसँगै मंगलबार इभेकोको सेयर मूल्य ७.४ प्रतिशतले बढेको थियो। यो वर्ष इभेकोको सेयर मूल्य करिब दोबरले बढेर बजार मूल्य ६ अर्ब १५ करोड डलर पुगेको छ।
पुरानो साझेदारी
अग्निइल्स परिवार जो इभेकोको सबैभन्दा ठूलो सेयर होल्डर हो, उक्त परिवारसँग टाटा मोटर्सको पुरानो साझेदारी पनि थियो। टाटा समूहका पूर्वअध्यक्ष रतन टाटासँग उक्त परिवारको राम्रो सम्बन्ध रहेकाले पनि इभेकोले टाटा मोटर्ससँगै बिक्री सम्झौता गर्न सहज ठानेको हो। भारतमा फियाट मोटर्स आउँदा टाटा मोटर्ससँगकै संयुक्त उपक्रममा सञ्चालित थियो। इटालीको सो परिवारसँग फरारीमा राम्रो सेयर रहेको र स्टेलेन्टिसमा उल्लेख्य सेयर रहेको छ।
टाटा मोटर्सको एडभाइजर मोगन स्टेनले रहेको छ भने गोल्मेन चेज इभेकोको पक्षमा काम गरिरहेको छ। दुई पक्ष गहन छलफलमा रहेको र सकेसम्म छिटो सबै कुरा टुंगोलगाउने पक्षमा दुवै कम्पनी रहेको छलफलसम्बन्ध स्रोतलाई उद्धृत गर्दै द इकोनामिक टाइम्सले उल्लेख गरेको छ।
टाटा मोटर्सले इभेकोसँगको डिलको ट्रान्जेक्सन डच इन्टिटीबाट गर्न खोजेको छ, जुन टाटा मोटर्सकै स्वामित्वमा रहेको छ। रोयटर्सले जुलाई १८ मा टाटा-इभेको सम्भावित खरिदबिक्री बारे लेखेको थियो।
भोल्भो, डिमलर र टार्टनले युरोपेली कमर्सियल सवारी बजारलाई प्रभाव पारिरहेका छन्। त्यसमा इभेकोको त्यति ठूलो प्रभाव छैन र यो कम्पनी धेरै पहिलेदेखि नै कसै न कसैले लिन खोजिरहेकै थियो। इटालीको सरकारलाई प्रतिरक्षा उपकरण बनाइरहेकाले यो कम्पनी रणनीतिक महत्वमा रहेको थियो। अब भने प्रतिरक्षा युनिटलाई अलग गरेर बिक्री हुन लागेको हो।
२०२१ मा चीनको एफएडब्लूले इभेको किन्ने प्रस्ताव गरेकोमा इटाली सरकारले उक्त प्रस्ताल ठाडै अस्वीकार गरिदिएको थियो।
इभेकोले बनाउने प्रतिरक्षा उपकरणको व्यापार छुट्याउँदा इटाली सरकारले दिने व्यवसाय स्वदेशीसँगै रहनेगरी काम भइरहेको विज्ञहरुले बताएका छन्। प्रतिरक्षा बिजनेस हटाउँदा पनि टाटाले इभेकोका ट्रक, पावरट्रेन्स, बस तथा अन्य विशेष प्रकृतिका सवारी पाउनेछ। यसका साथै टाटालाई इभेकाका प्रविधि, नवीनता र बजार उपलब्ध हुनेछ।
हाल इभेकोका कमर्सियल सवारी ल्याटिन अमेरिका, उत्तर अमेरिका तथा युृरोपेली बजारमा उपलब्ध छन्। इभेकाको कुल आम्दानी मध्ये ७४ प्रतिशत येरोपले दिँदै आएको छ। टाटाको कमर्सियल सवारीले कुल आम्दानीको करिब ९० भारतीय बजारबाट गर्दै आएको छ।
दुई कम्पनीबीचको सम्झौता कार्यान्वनयमा आएपछि टाटाको कमर्सियल डिभिजनको आम्दानी अहिलेको भन्दा तेबर हुनेछ। हाल टाटा सीभीको आम्दानी ७५ अर्ब भारु छ भने इभेकोको जोडिँदा २ खर्ब भारु हुनेछ। तर कुल मुनाफा भने कम हुने अंकलन धेरैको छ। हाल टाटा सीभीको कर र ब्याज अघिको आय ९.१ प्रतिशत रहँदा इभेकोको ५.६ प्रतिशत रहेको ईटी प्राइमको व्याख्या रहेको छ।
एक अर्ब युरो फन्ड उठाउने
टाटा मोटर्सले इभेको खरिद गरेको रकम भुक्तानी गर्न एक अर्ब युृरोबराबरको फन्ड उठाउने भएको छ। आईपीओ वा अन्य लगानीकर्ताहरुबाट उक्त रकम उठाउने तय भएको टाटा मोटर्सका अधिकारीहरुले बताएका छन्।
टाटा मोटर्सले ३ अर्ब ८० करोड युरो (४ अर्ब ५० करोड अमेरिकी डलर)मा इभेको खरिद गर्ने सम्झौता गरेको छ। त्यस बाहेको इभेकोलाई बुझाउने रकम टाटा मोटर्सले मोर्गन स्टेनले र एमयूएफजीबाट जोहो गरिरहेको जनाएको छ। २०२६ को अप्रिलसम्ममा टाटा मोटर्सले इभेकोसँगको सबै कुरा टुंग्याउने योजना बनाएको छ। हाल युरोपभरको नियमकीय स्वीकृति र अन्य न्यायिक विषय मिलाउने क्रममा रहेको छ।
इभेकोसँगको सम्झौताले कम्पनीको दीर्घकालिन भ्यालुका लागि निक्कै महत्वपूर्ण हुने टाटा मोटर्सको ग्रुप सीएफओ पीबी बालाजीले बताएका छन्। ‘हामीले करिब एक अर्ब युरो मिक्स अफ राइट इस्यु, इक्वीटी र टाटा क्यापिटलको स्टेकलाई मोनिटाइजेसन गरेर उठाउने योजना बनाएका छौँ,’ बालाजीले द इकोनामिक टाइम्ससँग भनेका छन्।
यो सम्झौताले टाटा मोटर्सको ग्लोबल कमर्सियल भेहिकल बिजनेसमा महत्वपूर्ण राणनीतिक योजना सफल पार्न राम्रो भूमिका खेल्नेछ। दुई कम्पनीबीचको एकल कारोबार हुनुपूर्व हाल भइरहेको व्यवसाय जोड्दा वार्षिक २१ अर्ब युरो(करिब २ खर्ब १० अर्ब भारु) आम्दानी पुग्ने अनुमान गरिएको छ।
योसँगै कमर्सियल सवारी उत्पादनमा टाटा मोटर्स विश्वकै ठूलो मध्येको एक उत्पादक हुनेछ। यसले विश्व सवारी बजारमा टाटा मोटर्सको बलियो उपस्थिति देखाउनेछ।