बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुजुकीको 'मनसुन सर्भिस क्याम्प' साउन १८ देखि, तीनजना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज

शुक्रबार, साउन १६ २०८२
सुजुकीको 'मनसुन सर्भिस क्याम्प' साउन १८ देखि, तीनजना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज

सुजुकीको 'मनसुन फ्रि सर्भिस क्याम्प’ नेपालभर रहेका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ।

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन १८ देखि २० गतेसम्मका लागि 'मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।

लगातारको वर्षाका कारण सवारीसाधनहरूमा देखिने समस्या तथा यसले निम्त्याउने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षाका लागि विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ।

कम्पनीका अनुसार यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन्।

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्। त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशतसम्मको  छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र  स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुजुकीको 'मनसुन फ्रि सर्भिस क्याम्प’ नेपालभर रहेका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह गरेको छ।


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend