शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १५ २०८२
images
images
पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार बिहीबार मूल्य समायोजन गरेको हो।

images

निगमले पेट्रोलको मूल्य घटाउँदा डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ।

images
images

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

images
images
images

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ।

त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने यथावत रहेको जनाएको छ। समायोजन गरिएको नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ।

 


प्रकाशित : बिहीबार , साउन १५ २०८२२२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend