शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

युनाइटेड मर्दी हाइड्रोपावरमा दुई दिन लगातार सर्किट लाग्दा सेयरमूल्य अहिलेसम्मकै उच्च

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १० २०७८
युनाइटेड मर्दी हाइड्रोपावरमा दुई दिन लगातार सर्किट लाग्दा सेयरमूल्य अहिलेसम्मकै उच्च

काठमाडौं- युनाइटेड इदी-मर्दी एन्ड आर.वि हाईड्रोपावर लिमिटेडको सेयर कारोबारमा दुई दिन देखि लागातार सर्किट लागेको छ। हाईड्रोपावर सेयरमा दुई दिन देखि लगानीकर्ता झुम्मिँदा सोमबार पनि १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ। सोमबार प्रतिकित्ता ७५.९० रुपैयाँले वृद्धि भएर ८३४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

umri.PNG

सोमबार मात्रै कम्पनीको ६२ हजार ५ सय ४६ कित्ता कारोबार खरिद बिक्री भएको छ। कम्पनीको सेयर मूल्य दुई दिन सर्किट लाग्दा हालसम्मकै महँगो भएको छ।  

पछिल्लो समय ५२ हप्तामा सबैभन्दा उच्च मूल्यमा सोमबारकै मूल्य कायम भएको छ। यसअघि पछिल्लो ५२ हप्तामा न्युनतम मूल्य भने २२० रुपैयाँमा कारोबार भएको थियो। नेप्सेमा ४२ लाख कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ। 

सोमबारसम्म बजार पुँजीकरण ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीले गतबर्ष मात्र सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो। 

विद्युत  बिक्रीबाट कम्पनीले गत वर्ष  १० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो। चालु आर्थिक वर्षमा पनि नाफा राम्रै आउने भएकोले लगानीकर्ताको आकर्षण कम्पनीमा रहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १० २०७८०१:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend