बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

पायोनियर मोटो कर्पलाई निसानको 'मार्केट सेयर एचिभमेन्ट अवार्ड'

बिहीबार , साउन १५ २०८२
पायोनियर मोटो कर्पलाई निसानको 'मार्केट सेयर एचिभमेन्ट अवार्ड'

निसान मोटर इन्डिया द्वारा 'डिफाइ अर्डिनरि' आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’ मा पायोनियर मोटो कर्पलाई यो अवार्ड प्रदान गरिएको हो।

काठमाडौं- निसानका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बी-एसयूभी आईसीई सेगमेन्टमा '२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड' प्राप्त गरेको छ। 

निसान मोटर इन्डिया द्वारा 'डिफाइ अर्डिनरि' आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’ मा पायोनियर मोटो कर्पलाई यो अवार्ड प्रदान गरिएको हो।

उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियोन ड्रोसर्स र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो। भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो। 

पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलताहरू पनि हासिल गर्दै आएको छ। यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिन्छ। 

कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो। जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू (बी-एमपीभी, सी-एसयूभी, सी-एसयूभी प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो। 

साथै क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेलहरू समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो। यी सबै मोडलहरू निसानको मूल एसयूभी डिएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ। यी मोडलहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो।

पायोनियर मोटोकर्प प्रालि नेपालमा निसान मोटर कम्पनीको लागि आधिकारिक वितरक हो। सन् २०१४ मा स्थापित कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको उत्पादन प्लान्टबाट सवारीसाधन आयात गर्दछ। कम्पनीको नेपालभर १३ वटा शोरुमहरू (टचपोइन्टहरू) रहेका छन्।


प्रकाशित : बिहीबार , साउन १५ २०८२१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend