शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापानले २.८ अर्ब येन सहयोग गर्ने, यस्ता छन् मन्त्रिपरिषद्‍को निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १५ २०८२
images
images
सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापानले २.८ अर्ब येन सहयोग गर्ने, यस्ता छन् मन्त्रिपरिषद्‍को निर्णय

रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय।

images
images

काठमाडौं- सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

images

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सडकको आपतकालीन पुनःस्थापनाको लाग सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

images
images

यस्तै रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।

images
images
images

साथै विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलर बराबरको सर्ट म्याचुरिटी लोन तथा ३३.३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ। 

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णय - 

पावर ड्रिस्ट्रिब्युसन स्टेन्थेनिङ प्रोग्राम को लागि जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने।

राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न श्री रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, श्री रमेश प्रसाद शिवाकोटी, दोलखा र श्री चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने।

नेपाल-भारत पारवहन सन्धि, २०२३ को प्रोटोकलमा संशोधन गर्नेसम्बन्धी लेटर अफ एक्सचेन्ज स्वीकृत गर्ने र उक्त एलओईमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने।

२०८२ भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने इन्टरनेसनल फोरम अन पम्प्ड स्टोरेज हाइड्रोपावर कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्‌कालाई सहभागी हुन स्वीकृति दिने।

२०८२ भदौ २ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजना हुने दोस्रो सत्रको बैठकमा नेपालको तर्फबाट सहभागिता जनाउनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढु‌ङ्गानालाई स्वीकृति दिने।

न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा नियुक्त गरी सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने।

न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्गित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्त गर्ने।

२०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कार्यक्रममा गृह मन्त्रालयका सचिव श्री गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

२०८२ साउन १८ देखि २३ गतेसम्म थर्ड युनाइटेड नेसन्स कन्फरेन्स अन ल्यान्डलक डिभिलोपिङ कन्ट्रीमा सहभागी हुन केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने।

नेपाल इन्जिनियरिङ परिषद्‌को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गर्ने।

राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने। साथै छ जना महासेनानीहरूको सरुवा गर्ने।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालहरूमा लाग्ने सलामी रकम आ.व. २०८२/८३ र आ.व. २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा (२) बमोजिम डा. उज्ज्वल चालिसेलाई भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने।

न्याय सेवा आयोगको सिफारिसबमोजिम सहन्यायाधिवक्ता सूर्यराज दाहालको नायवमहान्यायाधिवक्ता पदमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने।


प्रकाशित : बिहीबार , साउन १५ २०८२१५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend