काठमाडौं- एमजी मोटर्सको सबब्राण्ड आईएम नेपाली बजारमा आएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रम गरी एमजी आईएम सिक्स सार्वजनिक गरेको हो।
बिहीबार सार्वजनिक गरिएको आईएम सिक्सको बिक्री भने साउन २१ बाट हुन लागेको नाइमा मोबिलिटी एक्सपोबाट हुने कम्पनीले जनाएको छ। विद्युतीय कार बिक्रीमा अग्रणी पारामाउन्ट मोटर्सले एमजीको सबब्रान्डका रुपमा रहेको आईएसका उच्च गुणस्तरीय र अत्यधुनिक प्रविधियुक्त नयाँ विद्युतीय कार ल्याएको हो।
आईएम सिक्सले अन्तर्राष्ट्रिय बजारमा धेरै उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। आईएम सिक्सको सेन्टर कन्सोलमा रहेको ‘फ्लीप डाउन वाइड स्क्रिन टीभी’ले कारको लुक्सलाई आकर्षक देखाएको छ। यो विद्युतीय कारे चीनलगायत विश्व बजारमा टेस्ला मोडल वाईसँग प्रतिस्पर्धा गरिरहेको छ।
‘इनटेलिजेन्स इन मोसन’ थिमबाट आईएम नाम राखिएको आईएम सिक्सको नेपाली बजार मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले कार सार्वजनिक गरेसँगै बुकिङसमेत खुलाएको छ।
एमजी आईएम सिक्स एसएआईसीको इनटेलिजेन्स इन मोसनका लागि ग्लोबल भिजनका रुपमा प्रस्तुत गरिएको विद्युतीय एसयूभी भएको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनल क्षेत्रीले बताए। ‘यो विद्युतीय कारमात्रै होइन नेपालको भविष्यको स्मार्ट ड्राइभिङसमेत हो,’ उनले भने, ‘सेगमेन्टको उत्कृष्ट रेन्ज, एआई असिस्ट पर्फमेन्ट विलासी महसुस हुने क्याबिनका कारण आईएम सिक्सले गाडी पारखिलाई आकर्षित गर्छ।’
आईएम सिक्समा फ्लीप डाउन टीभी, आकर्षक चाबी, टेस्लाको जस्तो विङ मिरर, डोर ह्यान्डलको ठाँउमा बटम दिइएको छ। विद्युतीय कारमा अग्रणी मानिएको ८ सय भोल्ट आर्किटेक्चरमा बनेको आईएम सिक्सलाई १० देखि ८० प्रतिशत चार्ज १७ मिनेटमै गर्न सकिने दाबी कम्पनीको छ।
सेल्फ पार्किङ विशेषता रहेको आईएम सिक्समा बस्दा हिटेड र भ्यान्टिलेटेडसँगै मसाज सिट पनि उपलब्ध रहेको छ। मसाज सिट एमजीका एसयूभीमा पहिलो पटक समावेश भएको विशेषता हो।
ड्यासबोर्डमा २६ इन्चको स्क्रिन छ जसमा इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लस्टरको दुई भाग रहेको छ। आईएम सिक्समा यस्ता विशेषताहरु छन् जुन विलासी कार निर्माताहरु बीएमडब्लू, पोर्सा, बुगाटीलगायतका कारमा जस्तै विशेषता पाउन सकिन्छ।
आईएम सिक्समा ‘एडी’ नामक स्मार्ट ड्राइभिङ असिस्ट उपलब्ध रहेको छ। कम्पनीका अनुसार एडी स्मार्ट ड्राइभिङ असिस्ट निकै सुरक्षित दाबी गरिएको छ। आईएम सिक्समा रहेको अटोनोमस पार्किङ असिस्टेन्स सिस्टमका लागि ३ सयभन्दा बढी सेन्सर प्रयोग भएको कम्पनीको दाबी छ।
आईएम सिक्समा रहेको विशेषता र पारामाउन्ट मोटर्सले तोकेको मूल्यले बजारमा उपलब्ध यो सेगमेन्टका कुनै पनि कारले सिधा प्रतिस्पर्धा गर्न सक्ने देखिँदैन। पारामाउन्ट मोटर्सले ल्याएको आईएम सिक्समा १ सय ९ किलोवाट क्षमताको मोटर रहेको छ। यसको टर्क ४ सय ५० एनएम रहेको छ। ७५ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो कारले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।