शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

ढुसीजन्य समस्याले चितवनमा ड्रागन फल उत्पादनमा गिरावट

images
बिहीबार , साउन १५ २०८२
images
images
ढुसीजन्य समस्याले चितवनमा ड्रागन फल उत्पादनमा गिरावट

यो रोगका कारण फल पहेँलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भइ चाउरीने जस्ता समस्या देखिने गर्दछ।

images
images

चितवन- जिल्लामा लगाइएको ड्रागन फल (सिउँडी फल)मा ढुसीजन्य रोगको समस्या देखिएको छ। जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो। जसका कारण उत्पादनमा गिरावट आएको छ।

images

पूर्वी चितवनको रत्ननगरमा सिउँडी फलको खेती गर्दै आएका ध्रुवप्रसाद अधिकारी यसवर्ष उत्पादनमा गिरावट आउने बताउँछन्। ढुसीजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए।

images
images

फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए। उनले भने, 'अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ। अन्यमा समस्या देखिएको छ।'

images
images
images

औषधिको प्रयोगले यत्तिको भएको उनले बताए। राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने, 'कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतिर बिक्री गर्नु परेको छ।' यो रोग देखिएको फल एक साताभित्र प्रयोग गरिसक्नुपर्ने उनले बताए।

कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो। ढुसीका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो। यो रोगका कारण फल पहेँलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भइ चाउरीने जस्ता समस्या देखिने गर्दछ।

उनले भने, 'बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ। बिरुवामा पहिले नै थोप्ला-थोप्ला देखिने गर्दछ।'

कोलेटोट्रिचम नामक ढुसीले यो रोग लाग्ने गर्दछ। फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ। संक्रमित फल बजारमा बिक्री नहुने हुँदा समस्या आउने गरेको उनले बताए। यो रोग लाग्न नदिनका लागि बोटमा नै समस्या देखिएको समयमा कपर अक्सिक्लोराइडको प्रयोग गर्न सकिने उनले बताए। प्रतिलिटर पानीमा २ ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ।

उनले भने, 'सुरुवाती समयमा नै उपचार गर्न सके उत्पादन र बिक्रीवितरणमा समस्या आउँदैन।' बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए।

यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो (बोडोपोष्ट एवं वोडो मिश्रण) को प्रयोग गर्न सकिने छ। बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित बिरुवा लगाउनेजस्ता काममा व्यावसायिक किसानले ध्यान दिनुपर्ने उनले जानकारी दिए। जिल्लामा अहिले वार्षिक २८८ मेट्रिकटन सिउँडी फल उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend