शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

ब्याजदर वृद्धिको प्रभाव निक्षेपमा देखिएन, एक सातामा १ अर्ब निक्षेप थपिँदा ४ अर्ब ऋण प्रवाह

सोमबार, फागुन ९ २०७८
ब्याजदर वृद्धिको प्रभाव निक्षेपमा देखिएन, एक सातामा १ अर्ब निक्षेप थपिँदा ४ अर्ब ऋण प्रवाह

काठमाडौं- फागुनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १ अर्ब रुपैयाँ मात्रै बढ्दा ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांकअनुसार माघ २९ गते वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा पनि बैंकहरूको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब पुगेको छ। 

जसमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको तथ्यांकमा उल्लेख गरेको छ। त्यस्तै कर्जा प्रवाह ४ अर्बले बढेको छ। गत माघ २९ गते वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा  बैंकहरूको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ। 

तीन महिना ब्याज नबढाएका बैंकहरूले फागुनमा ब्याजदर दोहोरो अंकमा वृद्धि गरेका थिए। जसका कारण निक्षेप आउने अपेक्षा गरिएपनि सोअनुसार बैंकमा निक्षेप भने आएको छैन। बैंकहरूले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहेका छन्।  

 


प्रकाशित : सोमबार, फागुन ९ २०७८११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend