शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ब्याजदर वृद्धिको प्रभाव निक्षेपमा देखिएन, एक सातामा १ अर्ब निक्षेप थपिँदा ४ अर्ब ऋण प्रवाह

images
सोमबार, फागुन ९ २०७८
images
ब्याजदर वृद्धिको प्रभाव निक्षेपमा देखिएन, एक सातामा १ अर्ब निक्षेप थपिँदा ४ अर्ब ऋण प्रवाह
images
images

काठमाडौं- फागुनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १ अर्ब रुपैयाँ मात्रै बढ्दा ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

images
images
images

नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांकअनुसार माघ २९ गते वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा पनि बैंकहरूको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब पुगेको छ। 

images
images

जसमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको तथ्यांकमा उल्लेख गरेको छ। त्यस्तै कर्जा प्रवाह ४ अर्बले बढेको छ। गत माघ २९ गते वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा  बैंकहरूको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ। 

images
images

तीन महिना ब्याज नबढाएका बैंकहरूले फागुनमा ब्याजदर दोहोरो अंकमा वृद्धि गरेका थिए। जसका कारण निक्षेप आउने अपेक्षा गरिएपनि सोअनुसार बैंकमा निक्षेप भने आएको छैन। बैंकहरूले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहेका छन्।  

 


प्रकाशित : सोमबार, फागुन ९ २०७८११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend