बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बिहीबार , साउन १५ २०८२
तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बिहीबार सुन प्रतितोला ८ सय रूपैयाँले सस्तो हुँदा चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदी पनि सस्तिएको छ।

सुनको मूल्य बिहीबार तोलामा ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता बुधबार सुन प्रतितोला एक लाख ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार चाँदी पनि प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

महासंघका अनुसार बुधबार प्रतितोला दुई हजार ३ सय १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार दुईसय ७० रूपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , साउन १५ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend