शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

व्यावसायिक संस्थाकाे साथपछि लगानीकर्ताकाे मनोबल बढ्दा सेयर बजार सकारात्मक, भोलिदेखि के होला?

सोमबार, फागुन ९ २०७८
व्यावसायिक संस्थाकाे साथपछि लगानीकर्ताकाे मनोबल बढ्दा सेयर बजार सकारात्मक, भोलिदेखि के होला?

काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि लगातार घटेको सेयर बजार सोमबार भने थामिएको छ। राष्ट्र बैंकले सेयर कर्जामा थप कडाई गर्ने त्रासका कारण साताको पहिलो दिन आइतबार ३९.४० अंकले घटेको बजार सोमबार भने बढेको हो।

सोमबार सेयर बजार २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेका छ। सोमबार ४९ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख रूपैयाँको कारोबार भएको छ। 

मौद्रिक नीतिको समीक्षा स्थिर रहँदा पनि लगानीकर्ता विश्वस्त नहुँदा केही समययता सेयर बजार ओरालो लाग्दै आएको छ। यद्यपी विश्लेषकहरूले बजार घट्नेसम्म घटिसकेकाले अब बढ्ने बताउँदै आएका छन्। विश्लेषकहरूले यसै सातादेखि नै बजार बढ्नेसमेत बताएका छन्। 

गत बिहीबार नेपाल राष्ट्र बैंकले ६ महिनाको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो। समीक्षामा स्थिर राखे पनि अनुत्पादक क्षेत्रको रुपमा घरजग्गा र सेयरलाई राख्ने त्रासका कारण सेयर बजार घट्दै आएको थियो। तर विभिन्न व्यवसायीहरूको छाता संगठनले समेत समीक्षा गलत भएको भन्दै सच्याउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले पनि समीक्षाको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। जसका कारण पनि लगानीकर्तामा मनोबल बढ्दा सेयर बजार सकारात्मक भएको छ। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ लाई मौद्रिक नीति सार्वजनिक गर्दै लागु गरेको सेयर कर्जामा यथावत राख्ने निर्णय गरेको छ। राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागत तथा पारिवारिक कर्जामा १२ करोडको सीमा तोकेको थियो। 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९.४० अंकले घट्दा २६९३.१० बिन्दुमा आइपुगेको थियो। जहाँ ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँको काराबोरमा ७१ लाख २२ हजार कित्ता किनबेच भएको थियो। 

वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको समीक्षाका कारण लगानीकर्ता त्रसित हुँदा सेयर बजार उकालो यात्रामा निरन्तर हुन सकेको छैन। गत साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १.९३ अंकले घटेर २७३२.५२ अंकमा सीमित भएको थियो। 


प्रकाशित : सोमबार, फागुन ९ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend