बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

दिपलको सफल मोडल एस ०७ को नयाँ भेरियन्ट आउँदो साता सार्वजनिक हुँदै

बुधबार, साउन १४ २०८२
दिपलको सफल मोडल एस ०७ को नयाँ भेरियन्ट आउँदो साता सार्वजनिक हुँदै

१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरु र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउनेछ।

काठमाडौं- नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आईसीए आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरु र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस ०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउनेछ। 

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल ग्रुपले उत्पादन गर्ने दिपल एस०७ आईसीएले अब डिजाइन र स्टाइललाई फ्युचरिस्टिक कनेक्टिभिटीसँग सम्मिश्रण गरेर स्लिक र कमान्डिङ एसयूभी प्याकेज बनाउनेछ। नयाँ एलएफपी ब्याट्री केमेस्ट्रिमा उपलब्ध हुने दिपल एस ०७ आईसीएले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली ग्राहकले केसम्म अपेक्षा गर्न सकिन्छ भन्ने कुरालाई प्रष्ट्याउनेछ।

नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ। यसको बजोड डिजाइन र अतुलनीय प्रविधि तथा सम्झौता नगरिएको ड्राइभिङ एक्सपिरियन्सले यसलाई नेपालकै नं १ लक्जरी ईभी ब्रान्ड बनाएको छ। 

यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्ट र आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायतका फिचरले गर्दा नेपालमा ९ सयभन्दा बढी दिपल एस ०७ बिक्री भइसकेको छ। नयाँ एस०७ आईसीएले दिपलको यो स्थानलाई कायम गर्ने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ। 


प्रकाशित : बुधबार, साउन १४ २०८२१९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend