बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

बूढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा एनआईसी एसिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

बुधबार, साउन १४ २०८२
बूढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा एनआईसी एसिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

सुविधाको उपभोगका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकलाई बूढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट मिल्ने भएको छ। बूढानीलकण्ठ हेरिटेज र एनआईसी एसिया बैंकबीच छुटसम्बन्धी समझदारी भएको हो।

सम्झौतापत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बूढानीलकण्ठ हेरिटेजका तर्फबाट जनरल म्यानेजर मनोजकुमार थापाले हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियरमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्नसक्ने बैंकले जनाएको छ।

सुविधाको उपभोगका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

प्रकाशित : बुधबार, साउन १४ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend