बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य पुन: उकालो, बुधबार तोलामा १४ सयले बढ्यो

बुधबार, साउन १४ २०८२
सुनको मूल्य पुन: उकालो, बुधबार तोलामा १४ सयले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- पछिल्लो केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य यो साता बुधबार भने पुन: उकालो लागेको छ।

यो साता आइतबार तोलामा ११ सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँले घटेको थियो। बुधबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि भएको छ।

मंगलबार प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ९४ हजार चारसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय १० रूपैयाँ तोकिएको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन १४ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend