बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकले ल्यायो ८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एसिया एटहट लोन अगेन्स्ट सेयर'

मंगलबार, साउन १३ २०८२
एनआईसी एसिया बैंकले ल्यायो ८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एसिया एटहट लोन अगेन्स्ट सेयर'

यस योजनाअन्तर्गत न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १५ करोड रूपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया एटहट लोन अगेन्स्ट सेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले ग्राहकहरूमाझ सेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा उक्त सेयर कर्जा योजना सार्वजनिक गरेको हो।

ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १५ करोड रूपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।

प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहजरुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ।


प्रकाशित : मंगलबार, साउन १३ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend