काठमाडौं- यो साता आइतबार तोलामा ११ सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुन: प्रतितोला ६ सय रूपैयाँले घटेको छ।
मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रूपैयाँ तोकिएको छ।
सोमबार सुन एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज प्रतितोला ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार प्रतितोला दुई हजार २ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।