बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, साउन १३ २०८२
प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रूपैयाँ तोकिएको छ।

काठमाडौं- यो साता आइतबार तोलामा ११ सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुन: प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रूपैयाँ तोकिएको छ।

सोमबार सुन एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार प्रतितोला दुई हजार २ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, साउन १३ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend