बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

सोमबार, साउन १२ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

सुविधाको उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) मा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। केडीसी र बैंकबीच छुट दिने समझदारी भएको हो।

यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले देशभर विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु ल्याब टेष्ट, बेड चार्ज, आईसीयू, पोष्टअप बेड चार्जमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरुमा १० प्रतिशत र दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट पाउनेछन्।

सुविधाको उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend