शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

२५ वर्षपछि लाभांश दिएको प्रोग्रेशिभ फाइनान्सको लाभांश डेढ महिनापछि स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
२५ वर्षपछि लाभांश दिएको प्रोग्रेशिभ फाइनान्सको लाभांश डेढ महिनापछि स्वीकृत

काठमाडौं- प्रोग्रेशिभ फाइनान्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकले संस्थाको पुन: प्रस्तावित ६.३१५८ प्रतिशत लाभांशलाई स्वीकृत दिएको हो। प्रस्ताव गरेको झन्डै डेढ महिनापछि स्वीकृत गरेको हो। 

२५ वर्षपछि पहिलो पटक प्रोग्रेशिभ फाइनान्सले सेयर लगानीकर्ताका लागि लाभांश घोषणा गरेको थियो। फाइनान्सले गत वर्ष स्थापना भएको २५ वर्षपछि नाफामा गएको थियो।

बैंकले फागुन ८ गते संस्थाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्दै ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ। ६ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ८४ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ।

संस्थाले करिब एक महिनापछि बैंकको स्वीकृत पाएको छ। संस्थाले गत पुस २८ गते लाभांश परिमार्जन गर्दै ६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा पेश गरेको थियो। त्यसअघि संस्थाले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।


प्रकाशित : आइतबार, फागुन ८ २०७८१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend