काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ।
यो साता आइतबार प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले वृद्धि भइ प्रतितोला दुई हजार दुईसय ९५ रूपैयाँ कायम छ।
आइतबार चाँदी प्रतितोला दुई हजार दुईसय ९० रूपैयाँमा कारोबार भएको थियो।