काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच हेयर एण्ड शान्तिमा छुट दिनेगरी सम्झौता भएको हो।
बैंकका ग्राहकले हेयर एण्ड शान्तिका विभिन्न ठाउँमा रहेका शाखाहरुमा उक्त छुट सुविधा प्राप्त गर्नेछन्।
सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस सहकार्यले मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।