बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

पार्वती बनिन् 'एनसेल करोडपति'

आइतबार, साउन ११ २०८२
पार्वती बनिन् 'एनसेल करोडपति'

उक्त योजनाका अन्य ५० जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रूपैयाँ नगद पुरस्कार जितेका छन्।

काठमाडौं- एनसेलको 'सधैँ अन करोडपति' योजनामा धादिङ बसेराकी पार्वती कार्कीले एक करोड रूपैयाँ बम्पर नगद पुरस्कार जितेकी छिन्। यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको उक्त योजनाअन्तर्गत उनी ९९ रूपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन्।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रूपैयाँ हस्तान्तरण गरे।

बम्पर पुरस्कार बुझ्दै शुक्रबार कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन्। उनले भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो। एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु।' गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्।

उक्त योजनाका अन्य ५० जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रूपैयाँ नगद पुरस्कार जितेका छन्। कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रूपैयाँ जित्ने ग्राहकहरुलाई पनि प्रमाणीकरणको प्रक्रिया पुर्‍याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो।

'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने।


प्रकाशित : आइतबार, साउन ११ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend