काठमाडौं- नेपाली बजारमा यो साता आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदी पनि आज प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।
आइतबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार २ सय ९० रूपैयाँ तोकिएको छ।