आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

भारतमा जेएसडब्लूले बनाउने विद्युतीय कारमा चेरी अटोमोबाइलको प्रविधि

images
शनिबार, साउन १० २०८२
images
images
भारतमा जेएसडब्लूले बनाउने विद्युतीय कारमा चेरी अटोमोबाइलको प्रविधि

बेलायती विलासी ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरसँगको संयुक्त उपक्रममा चेरीले चीनमा कार उत्पादन गर्दै आएको छ। ज्यागुअर ल्यान्ड रोभरको पूर्ण स्वामित्व भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडसँग रहेको छ।

images

काठमाडौं- एमजी मोटर्स इन्डियाको सेयर खरिद गरेर अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको जेएसडब्लू ग्रुपले आफ्नै ब्रान्ड नेममा विद्युतीय कार बनाउने भएको छ। त्यसरी बनाउने विद्युतीय कारमा चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइलको प्रविधि प्रयोग हुने भएको छ। 

images
images

जेएसडब्लू ग्रुपले भारतमा आफ्नै ब्रान्ड नेममा २०२७ सम्ममा विद्युतीय कार उत्पादन गर्ने जनाएको छ। त्यसका लागि आवश्यक पर्ने प्रविधि र कम्पोनेन्ट चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइल कम्पनीले उपलब्ध गराउने सहमति दुई कम्पनीबीच भएको हो। 

images
images

दुई कम्पनीबीच भएको सम्झौताअनुसार जेएसडब्लूले चेरीलाई प्रविधि हस्तान्तरणको शुल्क तिर्ने छ भने विद्युतीय सवारी उत्पादन भएपछि त्यसको रोयल्टीसमेत बुझाउनेछ। उक्त सम्झौतामा कम्पनीको हिस्सेदारी बारेमा भने केही उल्लेख छैन। भारतले अटोमोबाइललगायत केही रणनीतिक महत्वका क्षेत्रमा चिनियाँ लगानीलाई कडाइ गरेकाले पनि लगानी बारे सम्झौतामा केही नलेखिएको अनुमान गरिएको छ। 

images
images
images

भारत र चीनबीच २०२० मा भएको सीमा विवादयता चिनियाँ सवारी उत्पादक कम्पनीबाट भारतीय कम्पनीमा भएको यो पहिलो प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता भएको द इकोनोमिक टाइम्सले लेखेको छ। भारतले अघोषित रुपमा चिनियाँ लगानीलाई निरुत्साहित गर्दै आएको छ। 

जेएसडब्लू र चेरी दुवैले सम्झौताबारे औपचारिक रुपमा केही बताएका छैनन्। तर चेरीले ब्लुम्बर्गलाई इमेलमार्फत चेरीले ‘भारतीय कम्पनी जेएसडब्लू अन्तर्गत बन्ने जेएसडब्लू ब्रान्डमा बन्ने विभिन्न मोडलका कारलाई आवश्यक पर्ने पार्टस उपलब्ध गराउने तय भएको छ।’ 

भारतसहित विश्वका धेरै देशको विद्युतीय सवारीको इकोसिस्टममा चीनको निर्भरता उल्लेख रहेको छ। विशेषगरी रेयर अर्थ म्याग्नेट्स र लिथियम आयन ब्याट्री सेल उत्पादनमा चीन निक्कै अघि रहेको छ। 

चीनले पछिल्लो समय देशबाट हुने प्रविधि र महत्वपूर्ण खनिजको निर्यातलाई चनाखोपूर्वक हेरिरहेका छ। यद्यपी भारतीय कम्पोनेन्ट उत्पादकहरुले चिनियाँ कम्पोनेन्ट उत्पादकसँगको सहकार्यलाई बढाउँदै लगेका छन्। 

चेरी विगत २२ वर्षदेखि चीनबाट सबैभन्दा धेरै प्यासेन्जर कार निर्यात गर्ने कम्पनीका रुपमा रहेको छ। त्यस्तै चिनियाँ बजारमै पनि प्यासेन्जर कारमा चेरी चौथो धेरै बजार हिस्सा ओगटेको कम्पनी हो। चेरी अटोमोबाइलको उपस्थिति विश्वका १ सयभन्दा बढी देशमा रहेको छ। यसका साथै बेलायती विलासी ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरसँगको संयुक्त उपक्रममा चेरीले चीनमा कार उत्पादन गर्दै आएको छ। ज्यागुअर ल्यान्ड रोभरको पूर्ण स्वामित्व भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडसँग रहेको छ। 

चेरी अटोमोबाइलले हङकङ स्टक एक्सचेन्जमा लिस्टिङ हुने प्रक्रियामा रहेको छ। आईपीओमार्फत १ अर्ब ५० करोड डलर लगानी उठाउने योजनामा रहेको छ। चेरी रसियामा धेरै बिक्री हुने सवारी ब्रान्ड मध्येमा पर्छ। 

हाल भारतमा एमजी मोटर इन्डियाको स्वामित्व लिएको जेएसडब्लूले नयाँ विद्युतीय कार ब्रान्ड पूर्ण रुपमा एकल स्वामित्वमा सञ्चालन गर्नेछ। एमजी मोटर इन्डियामा भने चीनकै एसएआईसी मोटर कर्पसँगको संयुक्त उपक्रममा जेएसडब्लूले अप्रेट गरिरहेको छ। 

जेएसडब्लूले २०२७ देखि आफ्नै ब्रान्डमा ईभी उत्पादन गर्न भारतको महाराष्ट्रमा उत्पादन प्लान्ट स्थापना गर्नेगरी काम गरिरहेको छ। यसपछिको अर्को वर्षबाट कम्पनीले विद्युतीय बस र ट्रकसमेत उत्पादन गर्ने योजना बनाएको छ। 

यसका साथै जेएसडब्लूले एमजी मोटरमा रहेको हिस्सेदारीसमेत बढाउने तयारी गरिरहेको छ। एसएआईसीसँग यस विषयमा कुरा चलिरहेको जेएसडब्लू एमजी मोटर इन्डियाका निर्देशक पार्थ जिन्दलले गत महिना एक अखबारलाई बताएका थिए। 


प्रकाशित : शनिबार, साउन १० २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend