बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

'रिडारा आरडी सिक्स' ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ९ २०८२
'रिडारा आरडी सिक्स' ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौं- सीजी मोटर्सले ग्रिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूले ९ लाख ९९ हजार डाउन पेमेन्टमै अत्याधुनिक ईभी पिकअप लिन सक्नेछन्। 

अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।

रिडारा आरडी सिक्स टूडब्लूडीमा ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट पावर, र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी (एनईडीसी) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। ग्रिलीको एमएपी प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भीटूएल (भेहिकल टू लोड) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ।

साथै कम्फर्ट, इकोनोमी, अफ रोड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट, र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक अफर, निःशुल्क एसेसोरीहरू, ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउने छन्।

सुलभ चार्जिङ र सेवाका लागि

सीजी मोटर्सले २६० भन्दा बढी चार्जिङ स्टेसनहरू र २० भन्दा बढी सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ, जसले रिडारा आरडी सिक्स मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।

चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक ग्रिलीद्वारा निर्माण गरिएको रिडारा आरडी सिक्स अहिले चीनमै ईभी पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो स्मार्ट, टिकाउ र भविष्यमुखी विकल्प बनिरहेको छ।

Riddara 9.99.jpg


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend