काठमाडौं- नेप्सेमा विभिन्न तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ। बिहीबार मात्रै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिभिल बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो।
आइतबारसम्म सबैको खातामा आउनुपर्ने भए पनि अहिलेसम्म खातामा आएको छैन। जसमध्ये निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता बोनस सेयर रहेको छ। त्यस्तै, सिभिलको ५ प्रतिशत अर्थात ४३ लाख २१ हजार ८३० कित्ता रहेको छ।
बोनस सेयर सूचीकृत भएसँगै अब सम्बन्धित बैंकको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुन्छ। सम्भवत: सोमबारबाटै दोस्रो बजारमा कारोबार गर्न पाउने छन्।