बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला ५ सय रूपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, साउन ९ २०८२
प्रतितोला ५ सय रूपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार सुन प्रतितोला ५ सय रूपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको छ भने चाँदीको सामान्य बढेको छ।

बिहीबार प्रतितोला एक लाख ९५ हजार २ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि प्रतितोला एक लाख ९४ हजार ७ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend