काठमाडौं- शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको छ भने चाँदीको सामान्य बढेको छ।
बिहीबार प्रतितोला एक लाख ९५ हजार २ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि प्रतितोला एक लाख ९४ हजार ७ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।